१७ साउन, काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्ने कुरा सरकारको आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले दुवै निर्वाचन एकै चरणमा गर्ने भनेर बाहिर कुरा आएपनि त्यसमा सत्यता नभएको बताएका हुन । मन्त्री बस्नेतले दुवै निर्वाचन एकै दिन गर्नको लागि दलहरुवीच सहमति भएपछि एउटा निश्कर्षमा पुगिने बताए ।

त्यस्तै उनले असोज २ गते हुने २ नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउन सरकारले प्रयास गरिरहेको जनाए । साक्षात्कारमा एमाले नेता रधुविर महसेठले तोकिएको समयमा नै सबै निर्वाचन हुनुपर्ने भन्दै निर्वाचन नगराउनका लागी देशि बिदेशी पडयन्त्र भईरहेको बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवले निर्वाचन सम्बन्धी सबै कानुन निर्माण भईसेकेको भन्दै कसैले निर्वाचन रोक्न नसक्ने धारणा राखे ।खनालले सबै निर्वाचन सम्पन्न गर्नका सबै एक हुनुपर्ने र मुलुकमा जारी संक्रमणकाल अन्त्य गर्नुपर्ने उल्लेख गरे ।