२७ चैत, काठमाडौं । नेपाली काँग्रेसले आईतबारदेखि कैलालीको धनगढीबाट चुनावी अभियान शुरु गर्दैछ । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्षनेताहरु कैलाली पुगेका छन । काँग्रेसले आईतवार धनगढीबाट चुनावी अभियान अन्तरगत आमसभ ागर्ने तयारी गरेकोछ ।

काँग्रेसले सातवटै प्रदेशमा चुनावी अभियान अन्तरगत आमसभा गर्दैछ । सभालाई काँग्रेस शीर्षनेताले सम्बोधन गर्नेछन । नेपाली काँग्रेसले प्रदेश नम्बर ५ को दाङ्ग, प्रदेश नम्बर चारको पोखरा र प्रदेश नम्बर दुईको जनकपुरधाम लगायतका ठाउँमा आमसभागर्ने तयारी गरेको छ । आमसभासंगै काँग्रेसले स्थानीय समितिहरुलाई स्वच्छ र अनुभवी व्यक्तिलाई स्थानीय तहको नेतृत्वका लागि सिफारिस गर्न पनि निर्देशन दिने तयारी गरेको छ ।

तर नेपाली काँग्रेसका विभिन्न स्थानीय तहमा भने स्वच्छ र अनुभवी व्यक्ति भन्दापनि पैसा र पहुँचको भरमा नेतृत्व सिफारिस गर्ने तयारी भइरहेको कुरा सार्वजनिक भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निजि निवास काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरका लागि व्यापक आर्थिक लेनदेन हुन लागेको आरोप लागेको छ । लेनदेन देउवाले नभएर बुढानिलकण्ठ नगरपालिकाका ओभरसियर विनोद पौडेलले आफु अनकुलको मेयर नगरपालिकामा ल्याउदा मिलोमतोमा अर्थोपार्जन गर्ने रणनिति अनरुप आर्थिक चलखेल गर्न थालेपछि नेपाली काँग्रेसभित्र यतिबेला हल्लीखल्ली मच्चिएको छ ।

नेपाली काँग्रेसको बुथमै चुनाव हारेका राजाराम बुढाथोकीलाई टिकट दिलाउने भन्दै पार्टी क्षेत्रिय सभापति राजु श्रेष्ठलाई पौडेलले ३० लाख रुपैयाँको प्रस्ताव गरेको श्रोत बताउछ । पार्टी संगठनको क्षेत्रमै चुनाव हारेका बुढाथोकीलाई मेयरको टिकट दिनका लागि आर्थिक प्रलोभनमा परेर क्षेत्रिय सभापति श्रेष्ठ समेत तयार भएुर अयोग्यको हातमा टिकट पर्दा काग्रेसले निर्वाचन हार्ने त्रासले काग्रेस भित्र व्यापक असन्तुष्टि बढेको स्रोतको भनाई छ । बुढाथोकीलाई टिकट दिएमा ३० लाख रुपैयाँ ओभरसिएर पौडेलले श्रेष्ठलाई दिनेछन । तत्कालिन कपन गाउँ बिकास समितिमा कार्यरत रहँदा ओभरसियर पौडेल माथी अख्तियार दुरुपयोग गरेको आरोप लागेको थियो ।

भ्रष्टाचारको आरोपमा अख्तियारमा पौडेलले पटक पटक बयान दिएका थिए । हाल तिनै पौडेल बुढानिलकण्ठ नगरपालिकामा ओभरसिएर छन् भने पौडेलले टिकट हात पारिदिन लगानि गरिदिने भनिएका बुढाथोकि त्यहि नगरपालिकामा पार्टिका तर्फबाट नगर सहजिकरण समितिका सदस्य छन।् अहिले पनि यि दुइको मिलोमतोमा बढानिलकण्ठ नगरपालिकामा व्यापक अनियमितता हुने गरेको स्रोत बताउछ ।

काँग्रेसका स्थानीय नेता कार्यकर्ताले भने बुढानिलकण्ठ नगरपालिकामा जसरी भएपनि चुनाव जित्नुपर्ने भएकाले योग्य र अनुभवी व्यक्तिलाई चुनावमा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन ।बढानिलकण्ठ नगरपालिका काठमाण्डौ क्षेत्र नं ४ मा पर्दछ भने यो क्षेत्र युवा नेता गगन थापाको प्रतिष्ठा संग जोडिएको नगरपालिका पनि हो ।