१५ बैशाख, काठमाडौं ।

श्रीमतीको उपचार गर्न भन्दै भारतीय राजधानी दिल्ली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा १० दिनपछि आज नेपाल फर्किंदैछन् । दिल्ली पुगेको दोस्रो दिनमै ८ वैशाखमा दिल्लीको गुडगाउँमा रहेको अस्पतालमा श्रीमती आरजु देउवाको ‘हिप ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी’ पनि भयो । लगत्तै १० वैशाखमा उनको नेपाल फर्कने योजना थियो । तर, नेपालमा वेटिङ प्राइममिनिस्टरका रुपमा हेरिएका देउवाले केही दिन भ्रमण लम्ब्याउँदै ४ दिनको भ्रमणलाई १० दिनसम्म तन्क्याए पनि भारतमा शीर्ष नेतासँग भेट्न गरेको प्रयास असफल भएको छ ।

को कोलाई भेटे ?
देउवाले दिल्लीभा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटे । तर, त्यो भेट औपचारिक बन्न सकेन । अनौपचारिकतामैं सीमित हुन पुग्यो । स्वराजलले देउवालाई कुरा राख्न दिनुभन्दा पनि मधेसीसँग गरिएका वाचा पूरा गर्न उल्टै निर्देशन दिइन् । यो भेटमा अरु खास कुरा हुन पाएन । नेपाली राजदुत दिपकुमार उपाध्यायलेसमेत संयोजन गरेको यो भेटमा सुष्माले उल्टै मधेसीको विषय फेरि उठाएकी हुन् । तर, अरु नेतासँग भेट भएन ।

Sher Bdr in Delhi

पत्रको प्रयास नै असफल
देउवा नजादैं कांग्रेसले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्नका लागि पत्र पठाएको थियो । तर, शाहले देउवाले थप ६ दिन भ्रमण लम्ब्याउँदा पनि भेट दिएनन् । अरु सोनिया गान्धीसहितका नेतासँग देउवाले भेट्न खोजे तर, पनि सम्भव भएन । यस अघि पनि देउवा संविधान जारी हुनु अघि नै भारत गएका थिए । त्यहाँ उनलाई हिन्दु राज्यको पक्षमा उभिन भारतले कुटनीतिक दबाब सिर्जना गरेको थियो । तर, संविधानमा त्यो सफल हुन सकेन ।

Sher Bdr in Delhi 2

गिरिजा हुँदैदेखि धर्मनिरपेक्षता मुलुक गएको थियो । दुईदुईवटा चुनावमा कांग्रेस गएपछि यो मुद्दा (हिन्दु राज्य) लाई फर्काउन देउवा एक्लै वा कांग्रेस एक्लैले गर्न सक्ने विषय पनि होइन । त्यसैले पनि देउवालाई भारतले यसपटक ‘बाल’ नदिएको हुन सक्ने चर्चा नेपाली राजनीतिमा छ ।

दिल्लीबाट फर्किनु अघि देउवाको स्ट्याटस

दुतको काम लागेन
देउवा जानु अघि नै कांग्रेसबाट खुमबहादुर खड्का र अमरेशकुमार सिंह नयाँ दिल्ली पुगेका थिए । खड्का किड्नी फेरेपछि उपचारको बहानामा गए तर, अमरेशको भ्रमण राजनीतिक दाउपेचकै लागि थियो । सिंह नेपाल र भारतकाबीचमा अप्ठ्यारो पर्दा सम्पर्क गर्ने, गराउने सूत्रका रुपमा लिइन्छन् । तर, यसपटक असफल भए । दिल्लीले उपचारको लागि भारत गए पनि देउवालाई जति राजनीतिक सम्मान दिनुपथ्र्यो त्यो दिएन । ‘उपचारको लागि भए पनि राजनीतिक भेट हुने नै सोचेका थियौं तर, त्यस्तो हुन सकेन । केही नेता भेट्नुभयो तर, ती प्रभावकारी भएनन्’ कांग्रेसका एक नेता भन्छन्, ‘हामीले जति सोचेका थियौं त्यो स्तरमा राजनीतिक भेटघाट हुन नसकेको साँचो हो ।’

देउवाको दिल्ली रणनीति तय गर्ने २ पात्र देउवा अघि नै दिल्लीमा

निराश भ्रमणको सन्देश के ?
देउवा र उनी निकट नेताले दिल्ली जानु अघि भ्रमण राजनीतिक नबनाउने भने पनि भित्री तयारी अब सरकार परिवर्तनको लागि आधार तयार गर्नु पनि थियो । त्यसैले आफू निकटका केही नेतालाई देउवाले दिल्लीमा परिचालन पनि गरेका थिए । तर, उनले सोचेजस्तो हुन सकेन । दिल्ली खास चासो पनि दिएन । त्यसैले अब तत्काल सरकार परिवर्तनको लागि माहोल नबन्ने देखिएको छ ।

संविधान कार्यान्वयनको चुनौति
संविधान कार्यान्वयनका लागि सबैभन्दा ठूलो दलका रुपमा भूमिका खेल्नुपर्ने दायित्व र चुनौति देउवासामू छ । किनकी देउवा सबैभन्दा ठूलो दलका सबैभन्दा ठूला नेता र प्रमुख प्रतिपक्षी दलका नेता हुन् । असन्तुष्ट मधेस केन्द्रित दलहरुलाई विश्वासमा लिएर संघीयताको सीमाकंनको टुंगो लगाउन भूमिका खेल्नु पनि देउवाको लागि अर्को चुनौति हो । संविधान कार्यान्वयनका लाागि पहल नगरी सरकारमात्र घोत्लिन देउवालाई व्यवहारिक रुपमा पनि सहज र सजिलो छैन ।

देउवालाई पार्टीभित्रै दबाब
देउवालाई तत्काल सरकारको खेलोमा लाग्नभन्दा पनि पार्टीमा काम गर्न चुनौति छ । देउवा निकटकै नेता डा. प्रकाशशरण महत पदाधिकारीको चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, विभागलाई पूर्णता दिनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताउँछन् । पाँच वर्षसम्म पार्टी तहलाई व्यवस्थापनको मुद्दा बनाएपछि देउवालाई पहिले यही विषयमा काम गर्नुपर्ने दबाब छ । आफूहरुले पनि सबैभन्दा पहिले यी विषयलाई छिनोफानो लगाउन आग्रह गरिरहेको उनले बताए । साथै, ८ जिल्लाको अधिवेशन गर्ने, नेविसंघ, महिला संघ र तरुणदलसहितका भ्रातृ संस्थाको अधिवेशन गर्नुपर्ने दायित्व पनि छ ।

congress mahaadhivesan khulla manch kathmandu sher bahadur and ram chandra
तत्काल सरकारका लागि पार्टीभित्रै माहोल बनाउन पनि देउवालाई सहज छैन । किनकी भर्खरै महाधिवेशन र संसदीय दलको चुनावमा अर्को पक्ष पराजित भएकोले देउवाले सहयोग पाइहाल्न गाह्रो छ । महामन्त्री शशांक कोइरालाले अमेरिका पुगेर सरकार प्राथमिक विषय होइन भनेर देउवामाथि दबाब बढाएका छन् ।