२३ जेठ, माठमाडौं ।

संसदको पाँचौं ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सहमति गरेर मात्रै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि मात्रै देउवालाई भोट हाल्ने राजपाका नेता लक्ष्मणलाल कर्णले बताए ।

‘सहमतिको ड्राफ्ट तयार भइसकेको छ, आज संसद बैठक अघि नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी छ’, कर्णले भने, ‘सहमति पत्रमा यसअघि कार्यन्वयन गर्न बाँकी रहेका र नयाँ परिस्थितीले जन्माएका विषयवस्तु समेटिएको छ ।’

संविधान संसोधन, सहिद घोषणा, मधेश आन्दोलनका घाइतेको निशुल्क उपचार, जेलमा रहेका कार्यकर्ताको मुद्दा फिर्तालगायतका विषय पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बेलामै सहमति भएका विषय हुन् ।

यि मध्ये कार्यान्वयन हुन बाँकी र मधेशका जिल्लामा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने विषय नयाँ सहमतिपत्रमा उल्लेख गरिएको नेताहरुले बताएका छन् । ६ दल एकीकृत भएर बनेको राजपा नेपालका २४ सांसद छन् । सरकारमा सहभागि हुने बेलामा मधेसी दलले सधैभरी सर्त राख्ने गरेपनि सरकारमा गएपछि बिर्सने गरेको आरोप लाग्ने गरेको छ ।