२४ जेठ, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज सपथ ग्रहण गर्नु अघि नै नौ सदस्य मन्त्रीमण्ड बनाउने भएका छन् । कांग्रेसबाट ४ जना, माओवादी केन्द्रबाट ४ र लोकतान्त्रिक फोरम नेपालबाट १ जना गरी नौ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने भएका हुन् ।

कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ बन्ने भएको देउवाको सचिवालयले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नको लागि ज्ञानेन्द्र बहादुर कार्की र फरमुल्ला मनसुरको दावी गरेका छ । यस विषयमा टुंगो लगाउन देउवाले छलफल गरिरहेका छन् । अर्थ मन्त्रीमा महेश आचार्य हुनेमा विवाद नरहेको देउवाको सचिवालयले बताएको छ ।

यो पढ्नुस् : मन्त्री छान्न माओवादीको हेडक्वार्टर बैठक जारी, को–को बन्दैछन मन्त्री ?

त्यसैगरी माओवादी केन्द्रबाट सरकारमा जानको लागि उपप्रधानमन्त्री सहित कृष्णबहादुर महराले नेतृत्व गर्ने मोटामोटी सहमति भएपनि गृह मन्त्री को बन्ने भन्ने विवाद रहेको छ । माओवादीले पनि आज नै चार जना मन्त्रीको टुंगो लगाउने भएको छ । जसमा जनादर्न शर्मा र अग्नी सापकोटालाई पठाउने तयारी छ।

त्यसैगरी उपप्रधानमन्त्री सहितको एक मन्त्रालय लिएर लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले पनि आजै सपथ लिने तयारी भएको छ । आज दिउसो १ः४५ मा राष्ट्रपति भवन शितलनिवासमा सपथ ग्रहणको कार्यक्रमको आयोजना गरिएको छ ।