१३ भदौ, काठमाडौं ।

पार्टीको परम्परा र पद्वति विपरीत कसैलाई पनि कार्यवहाक सभापति पद जिम्मा नलगाई कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् ।

चावी लिएर ओली सरकारका उपप्रधानमन्त्री हिँडेपछि…!

उता केपी ओली पनि उपचारका लागि थाइल्याण्ड उडेका छन् ।

sher bahadur deuwa deuba 4276746

ओलीको रोग के हो जगजोहर छ, उनले कार्यवहाक अध्यक्ष उपाध्यक्ष वामदेम गौतमलाई जिम्मा लगाएका छन् । तर, देउवाले त्यसो गरेनन् । देउवा ‘बिरामी’ छन् र विदेशमा उपचार गर्नुपर्ने गरी बिरामी छन् भन्ने कार्यकर्ता र सर्वसाधरणले उनी सिंगापुर जाने भनेपछि मात्र थाहा पाए ।

पति गगनलाई बधाइ नदिँदै अञ्जनाले दिइन पिता अर्जुनलाई बधाइ

देउवालाई के रोग लागेको हो ? अहिले कांग्रेसमा ठूलो खुल्दुली छ । कतै देउवालाई पूर्वराजा ज्ञानेन्द्रलाई जसरी थाइल्याण्ड सिंगापुर गइरहनुपर्ने राजनीतिक रोग लागेको त होइन ? शंका गरिन थालेको छ ।

देउवाको साथमा सांसद पत्नी आरजु देउवा पनि सिंगापुर उडेकी छिन् । कसै गरे पनि मन्त्री बन्न नसकेकाले बहकिएको आरजुको मन सिंगापुरमा बहलिएला तर देउवाको भ्रमणको प्रयोजन के हो ? खुल्न सकेको छैन ।

आजको साँघु साप्ताहिकमा खबर छ ।