२८ साउन, काठमाडौं ।
बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा प्रमुख दलका शिर्ष नेताहरुलाई देशको शान्ति सुरक्षा बारे ब्रिफिंग गर्दै सुरक्षा निकायका प्रमुखहरुले देशका विभिन्न भागमा केहि असहज वातावरण बनेको भए पनि काबु बाहिर नगएको बताएका छन्।

प्रमुख दलहरु बीच केहिदिन पहिले सिमांकन सहितको राज्य पुनसंरचनाको निर्णय लिए पछि पश्चिम नेपालमा भड्किएको हिंसात्मक आन्दोलन बारे प्रधानमन्त्रि शुशिल कोइराला सहित नेकपा एमाले अध्यक्ष के पि शर्मा ओली एकिकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छादारले नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुशन्धान विभागका प्रमुखलाई बोलाई ब्रिफिंग लिनु भएको थियो।

cabinate-photo

बैठक पछि बाहिरिने क्रममा उप प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा मजबुत रहेको र संबिधान बारे बाहिर आएको प्रतिक्रिया लाई छिट्टै राजनैतिक निकाश दिने बताउनु भयो ।

प्रधानमन्त्री तथा मन्त्रि परिसदको कार्यालयमा भएको ब्रिफिंगमा नेपाली सेनाका नवनियुक्त प्रधान सेनापति राजेन्द्र क्षेत्रीको पनि उपस्थिति थियो । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल,सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुशन्धान विभागका कार्यबाहक प्रमुख गणेश अधिकारीले शान्ति सुरक्षा बारे छुट्टा छुट्टै ब्रिफिंग गरेका थिए । शान्ती सुरक्षा बारे औपचारिक निर्णय भने भोली बिहान बस्ने मन्त्री परिषदको बैठकले लिने बताइएको छ ।