१४ कात्तिक, एजेन्सी । भारतको हैदरावादमा भएको पशु मेलामा देशभरबाट अलग–अलग नस्ल भएको पशु आएका छन् । यो सबै हरियाणाबाट आएको भैँसी सरताज मेलामा आकर्षणको केन्द्र बनेका छ । सरताज नामक भैँसीको ७ फुट अग्लो छ भने लम्बाई १५ फुट छ ।

हैदरावादको नारायणगुडामा आयोजित मेलामा सरताज देख्नको लागि टाढा–टाढाबाट मानिसहरु आइरहेका छन् । हैदरावादको प्रहरी कमिश्नर अञ्जनी कुमार पनि भैँसीको कद देखेर चकित परेका छन् । उनले पनि सरताजसँग तस्बिर खिचाएका छन् ।

भैँसीले गतवर्षमात्र १ लाख २५ हजारको पुरस्कार पाएको छ । मुर्राह नश्लको भैँसीले अहिलेसम्म २५ भन्दा बढी पुरस्कार पाइसकेको छ । मेलाका आयोजकले हरेक वर्ष फरक–फरक जातको भैँसीहरु ल्याउने गरेको बताएको छ । यद्यपि यो वर्ष ल्याएको भैँसीको चर्चा भने गतवर्षभन्दा धेरै भएको आयोजककको भनाइ छ ।

सरताजको रेखदेख गर्ने शंकर यादवका अनुसार भैँसीको तौल १६ सय किलो छ । भैँसीलाई हरेक दिन ७ किसिमको दाल, एक किलो ड्राइ फुड, १० लिटर दुध, दुईदर्जन केरा दिने गरिन्छ । यसको अलावा सरताजलाई दैनिक ५ किलोमिटर घुमाउनुको साथै दुईपटक तेल लगाएर मसाज गरिन्छ । भैँसी किन्न धेरै मान्छे आएपछि उनले बेच्न चाहेका छ्रैनन् ।