एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।

आगामी वर्ष सन् २०२० मा हुने चुनावका लागि ट्रम्पले फ्लोरिडाबाट आफ्नो चुनावी अभियान औपचारिक रुपमा सुरु गरेका हुन् । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले एक पटक फेरि अमेरिकालाई महान बनाउनका लागि आफूलाई विश्वास गर्न अपिल गरे । रिपब्लिकन नेतासमेत रहेका ट्रम्पले भने, डेमाक्र्याट्स नेता देशको अर्थव्यवस्था नष्ट गर्न चाहन्छन । दुनियाँ अमेरिकाको अर्थव्यवस्थाको इस्र्या गरिरहेका छन् ।

उनले दोस्रो कार्यकालमा आफूले देशबाट एड्स र अन्य विरामिको पूर्ण रुपमा निमूल पार्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि मंगलबार ट्रम्पका जेठा छोराले पूर्व उपराष्ट्रपति जा बिडेनले क्यान्सर निर्मूल पार्ने लक्ष्य सुनाउँदा त्यसको मजाक उडाएका थिए । आफू दोस्रोपटक राष्ट्रपति निर्वाचित नभए देशको अर्थव्यवस्था डामाडोल हुने चेतावनी ट्रम्पले दिइरहेका छन् । पूर्व उपराष्ट्रपति विडेन र ट्रम्पबीच प्रतिष्पर्धा हुँदा विडेनले जित्ने अनुमान एक्जिट पोलहरुले गरेका छन् ।