१९ भदौ, भक्तपुर।

उद्योग मन्त्री महेश बस्नेतले धर्मको राजनीतिले देश टुक्रने बताएका छन ।

भक्तपुरको कटुञ्जे महेन्द्र गल्लीमा स्थानीयवासीले निर्माण गरेको राधाकृष्ण मन्दिरको आज उद्घाटन गर्दै उनले धर्मलाई राजनीतिमा लैजान नहुने बताए।

धार्मिक आस्था र एकताले समाजलाई निरन्तररुपमा सद्भाव बनाई राख्ने भएकाले धर्मलाई समाजको एकताको प्रतीकको रुपमा मात्र लिनुपर्ने उनको भनाइ थियो ।

स्थानीयवासी र दाताहरुको सहयोगमा रु छ लाखको लागतमा मन्दिरको निर्माण भएको हो ।

mahesh basnet mic

यसैगरी आज नेपाल डेन्टल साइन्स एसोसियसनको दोसो राष्ट्रिय सम्मेलन तथा दन्त गोष्ठीमा बोल्दै मन्त्री बस्नेतले बिनाराजनीतिक मुद्दा तराईमा हत्या, हिंसाको आन्दोलन भएको बताए ।

देशमा विपत्ति पर्दा मानव उद्धार एवम् सेवामा खटिने प्रहरीलाई गोली हानेर, लखेटेर मार्ने राजनीति गलत भएकाले वार्तामा आएर समस्याको समाधान खोज्न आग्रह गरे ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्यसचिव डा रामहरि लामिछानेले स्वास्थ्य क्षेत्रभित्रको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने बताउँदै गाउँगाउँमा दन्त उपचार सेवा पु-याउनुपर्ने बताए ।

सो अवसरमा मन्त्री बस्नेतले लामो समय पत्रकारिता क्षेत्रमा योगदान पु-याएवापत राससका भक्तपुर सम्वाददाता रमेश गिरी र दि हिमालयन टाइम्सका कोकिला केसीलाई सम्मान गरे । रासस