नयन भण्डारी
निरपेक्षताको शाब्दिक अर्थ हो वास्ता नगरी तटस्थ अबस्थामा बस्नु । धर्म या अध्यात्मलाई उपेक्षा गरि (वास्ता नगरी) मानिस जीवनयापन गर्न नै सक्दैन । त्यसैले धर्मनिरपेक्षताको ठाउमा धार्मिक स्वतन्त्रता भने हुन सक्दछ किन भने मानिसलाई कुनै पनि धर्म मान्ने स्वतन्त्र अधिकार हुनुपर्दछ ।

इतिहास हेर्दा हिन्दु धर्म सबैभन्दा पुरानो धर्म मानिन्छ । हजारौं हजार
बर्ष अघि देखि नै ऋषिमुनि या तपस्वीहरुले ध्यानको माध्यमबाट देखेको सत्य
वा पत्ता लागएका कुराहरु अहिले आएर बिज्ञानले स्विकार्दै छ । यसरी हेर्दा
हिन्दु धर्म सबैभन्दा पुरानो र उत्कृष्ट भएता पनि अहिले आएर किन बचाउ
गर्नु परेको छ हिन्दु धर्मलाई ?

nayanbhandaryधर्मले नै हो मानिसलाई इमानदारी र सत्यको दायरा भित्र राख्ने । क्रिस्चियन या मुस्लिम धर्मावलम्बीहरुले कम्तीमा हप्तामा एक पटक मस्जिद या चर्चमा जम्मा भएर धर्म सम्झिन्छन । धर्मको बारेमा सिक्छन सिकाउछन । यो अनिवार्य हुन्छ उनीहरुको लागि जसले गर्दा उनिहरुमा धर्मको बोध हुन्छ । तर हिन्दु धर्ममा भने धर्मको बारेमा सिकाइदैन स्वतन्त्र छाडिन्छ मानिसलाई ।
अहिले आएर हिन्दु धर्म यति स्वतन्त्र भयो कि जस्ले जे गरेपनी हुने कसैले रोकछेक गर्दैन त्यसैले पनि हिन्दु धर्म धराशायी हुदैछ ।

आन्दोलन गरेर सत्ता र भत्ता पाए जस्तै आन्दोलन गरेर पाइन्छ र धर्म ? गृहमन्त्री हुदा गोलि ठोक्न आदेस दिने कमल थापाको धर्म के हुदो हो ? आफू मरेर अरुलाई बचाउन सक्नु पो धर्म हुन्छ । नेपालका हजारौं जनता राम्रो खान
लगाउन नपाएर भोक भोकै मरिरहेका बेला आफू सत्तामा हुदा भ्रष्टाचार गर्ने खुमबहादुर खड्काको धर्म कुन होला ? जसको आफ्नै धर्म छैन भएभरको धर्म
त्यागेर धर्मको वकालत गर्नु धर्म हो ?पहिला त आफू धार्मिक भएर देखाउनु पर्यो नि ! धर्मलाई राजनीति गर्ने थलो बनाउने, धर्मलाई कमाई खाने भाँडो बनाउने, धार्मिक ज्ञानका कुरा अरुलाई नबाँडने, गीता, रामायण, वेद लगायतका धर्मग्रन्थहरु आफ्नो कब्जामा मात्रै राख्ने अनि कसरी हुन्छ
हिन्दु धर्म ?

ए आन्दोलनकारीहरु हो…! सक्छौ भने सिकाओ हिन्दु धर्मको बारेमा जनतालाई उत्कृष्ट बनाएर देखओ हिन्दु धर्मलाई त्यस पछि लर्को लाग्नेछ्न हिन्दु धर्ममा लाग्नेहरुको । हैन भने जहाँ उत्कृष्ट छ त्यही आकर्षण हुने त प्रकृतिको नियम नै हो ! सडकमा झ्याम्टा र मादल बजएर कुर्लिदैमा प्रकृतिलाई जित्न सकिन्छ ?

अरुलाई दुख नदिइ बाच्नु नै धर्म हो । बाच्ने तरिका मात्रै फरक हुन सक्छ त्यस्तै सबै धर्म एउटै हो मान्ने तरिका मात्रै फरक हुन सक्छ । जस्तै एउटाले भन्छ हावा चलेको कारणले बाचेको छु, अर्कोले भन्छ बतास चलेको कारणले बाचेको छु आखिर कुरा त एउटै नि ! आलु खानेले टमाटर खान नहुने लसुन खानेले आलु खान नहुने पनि हुन्छ र ? यी सबै खाने कुरा न हुन ।

त्यस्तै एउटा धर्म मान्नेले अर्को धर्म मान्न नहुने भन्ने हुदैन । हरेक धर्ममा केही न केही राम्रा कुरा हुन्छन् राम्रा कुरा जोसंग लिए पनि हुन्छ भने नराम्रा कुरा आफै संग त्याग्न सक्नु पर्दछ । अन्ततः सबै धर्म र बर्ग अटाउने ठाउँ भनेको नै अध्यात्म हो ।
जय अध्यात्म