एजेन्सी । इथियोपियामा एक धार्मिक समारोहमा भागदौड हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।ethiopia jhadapप्रधानमन्त्री हाला मरियम डेसालनले ओरोमियो क्षेत्रमा धार्मिक समारोहका लागि भेला भएका लाखौं मानिस भागदौड गर्दा उनीहरु मारिएका हुन् । तर प्रत्यक्षदर्शीहरुले भने प्रहरीले भीडमा अश्रुग्याँस, लाठी र रबरका गोली प्रहार गरेका कारण मानिसहरु मरेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।ethiopiaविपक्षी पार्टीले भने कम्तीमा डेढ सय जना मारिएको दाबी गरेको छ । मारिनेमध्ये धेरैजसो ज्यान जोगाउन भाग्ने क्रममा एक नालीमा खसेको बताइएको छ । ओरोमिया र अम्हरा क्षेत्रका बासिन्दाले आफूहरुलाई राजनीतिक र आर्थिक रुपमा पछाडी पारिएको भन्दै आन्दोलन गर्दै आएका छन् । सरकारले राजधानीको क्षेत्र बढाएर ओरोमिया सम्म बिस्तार गर्ने भएपछि आफूहरु बिस्थापित हुनुपर्ने आशंकाले उनीहरु बिरोधमा उत्रिएका हुन् ।