१८ भदौ, एजेन्सी ।

टर्कीको समुन्द्री किनारमा फेला परेको एक तीन वर्षीय सिरियाली बालकको शवले यतिबेला संसारभरी चर्चा र बहस जन्माएको छ । आफ्ना पिताको हातबाट खसेका ती बालकको समुन्द्री किनारमा भएको मृत्युले युरोपेली देशमा जान चाहने अरव देशका आप्रबासीको अवस्था नराम्रोसँग उजागर गरेको छ ।

आफ्ना पिताको हातबाट खसेका ती मृत बालकको तस्विरले अहिले संसार हल्लाएको छ । बालकका पिता अब्दुल्लाहले ३ वर्षका छोरा आयलान, ४ वर्षका अर्का छोरा घालेब र पत्नि रिहानालाई त्रासदी पूर्ण दुर्घटनामा गुमाउन पुगे । आप्रबासी चढेको डुङ्गा दुर्घटना हुँदा समुन्द्रमा खस्न पुगेका ती वालकको शव समुन्द्री किनारमा भेटिएको थियो ।

Syria dead baby on beach 1
टर्कीको एक समाचार संस्थाले सार्वजनिक गरेको तस्वीर समुद्रतटमा बगेको मानवता ह्यासट्यागमार्फत संसारभर पुगेपछि व्यापक आलोचना भएको हो । रातो टिसर्ट लगाएका देखिने ती ३ वर्षीय बालक अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा भेटिएका थिए ।

Syria dead baby on beach 2

शरणका लागि टर्कीबाट ग्रीसतर्फ गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय बालक आफ्ना पांच वर्षे दाजु र आमासंगै डुंगा पल्टेर डुबेका थिए ।

पिता अब्दुल्लाहलाई इस्लामिक स्टेट समूहले कोबाने सहर नियन्त्रणमा लिँदा अपहरण गरेर यातना दिएको थियो । त्यहि यातना सहन नसकेर आप्रवासीका रुपमा युरोप जाने क्रममा ज्यान गुमाएका बालकको शव एकजना स्थानीय माझीले फेला पारेका थिए ।

Syria dead baby on beach

अष्ट्रेलिया र युरोप छिर्न चाहने हजारौं आप्रबासी वर्षेनी यस्ता दुर्घटनामा मारिने गरेका छन् ।