२० साउन, काठमाडौं ।

आज दिउसो १ बजेर ५९ मिनेटमा ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

दिउसो १ बजेर ५९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

saun 20

भूकम्प गएको तीन महिना भैसकेपछि पनि परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रुपमा कम हुँदै गएको छ । ‘गोरखा भूकम्प’पछि ४ रिक्टर र त्यसमाथिको झन्डै ४०० परकम्प गइसकेका छन् ।