१९ चैत, एजेन्सी ।

टी-२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलमा आयोजक भारत वेष्टइण्डिजसँग पराजित भएपछि बंगलादेशी खेलाडीहरुले समेत खुसी ब्यक्त गरेका छन् ।

“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”

धोनीमाथि खनिए योगराज सिंह -धोनीको घमण्ड चकनाचुर हुनेछ

भारतसँगको सनसनीपूर्ण खेलमा १ रनले पराजित बन्नुको कारण बनेका बंगलादेशी खेलाडी मुश्फिकुर रहमानले भारत हारेपछि धोनी बोल्दै गरेको तस्विर सहित खुसी ब्यक्त गर्ने पोष्ट ट्वीटरमा प्रकाशित गरेका थिए ।

उक्त पोष्ट विवादमा परेपछि मुश्फिकुरले माफी मागेका छन् ।

dhoni musfikur

७ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएपछि मुश्फिकुरले ट्वीट गर्दै भनेका थिए, “यो पो खुशी …!!! हाहाहा…!!! सेमीफाइनलमा टीम इण्डिया को हार…।”

भारतसँग पराजित हुने क्रममा अन्तिम बलमा आउट भएका मुश्फिकुरको ट्वीटप्रति भारतीयहरुले आपत्ति जनाएपछि उनले भारतीय फ्यानहरुसँग माफी मागेका छन् ।

dhoni musfikur 1

उनले माफी माग्दै भनेका छन्, “म तपाइँहरुसँग माफी माग्छु…म वेष्टइण्डिज टिमको मसर्थक हुँ तर कठोर शब्दका लागि माफी चाहन्छु”।