बलिउड नायिका प्रियंका चोपडाको आउन लागेको फिल्म ‘जय गंगाजल’ को पहिलो पोस्टर उनी आफैले ट्वीटरमा लञ्च गरेकी छिन्। पोस्टरमा पुलिसको वर्दीमा देखिएकी प्रियंकाको आखामा भने आशु देखिन्छ।

priyanka chopra jai gangaajal poster

निर्देशक प्रकाश झाको फिल्म ‘जय गंगाजल’ सन् २००३ मा रिलिज भएको फिल्म ‘गंगाजल’ को सिक्वेल हो, जसमा अजय देवगण मुख्य भुमिकामा देखिएका थिए।

फिल्म महिला प्रहरी आभा माथुरको कथामा आधारित छ, जो आफ्नो क्षेत्रका भ्रष्ट अनि शक्तिशली व्यक्तिहरु विरुद्ध आवाज उठाउँछिन।

यो फिल्म सन् २०१६ को मार्च ४ मा रिलिज हुनेछ।