४ असोज, काठमाडौं ।

नयाँ संविधान जारी भएपछि देशभर हर्षोल्लासका साथ नाचगान र दीपावली गरेर खुसी मनाइँदै राती अबेरसम्म संविधानको स्वागत गरिएको छ । संविधान जारी भए लगत्तै  संविधानसभा परिसरमा र बानेश्वरका सडकमा मैनबत्ती बालेर दिपावली गरिएको थियो ।

संविधानसभा भवन बानेश्वरमा राष्ट्रपतिले नयाँ संविधान जारी गरेको खुसियालीमा संविधानलाई स्वागत गर्दै भक्तपुरका नगर र गाउँगाउँमा दीपावली गरिएको थियो । राजनीतिक दलका कार्यकर्ता,विभिन्न सङघसंस्था,सर्वसाधारण सडकमै नाचगान गरी खुशी साँटासाँट गरिरहेका देखिन्थे ।

paniko fohara sambidhansabha bhavan

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले भक्तपुरको दरबारस्क्वायरमा दीपावली गरेको थियो ।

त्यसैगरी मानवीय आस्था नेपालले सूर्यविनायकको पाण्डुबजारदेखि घलातेसम्म दीपावली गरेको थियो । छ लेन सडकको दायाँबायाँ, बीच सडकको बगैँचा, आकासे पुल, सडक पेटीमा समेत दीपावली गरेको छ भने अखण्ड दीप प्रज्वलन गरिएको थियो । भक्तपुरका दसौं हजार बासिन्दा भेला भएर दीपावली गरी नाचगान गर्दै खुसियालीसाथ मनाइएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिए।

Dipalwali patrakar BKT

साँझदेखि नै छ लेन सडकमध्येको तीन लेन सडक नै अवरुद्ध गरी नाचगान गरेर हर्षोल्लासका साथ संविधानको स्वागत गरेका थिए ।

Kaski-Dipawali sambidhan

यता पाँचतले मन्दिरको प्राङ्गण तौमढीमा जिल्लाका राजनीतिक दलहरुले सामूहिकरुपमा दीपावली गरे । नेपाली काँग्रेस, एमाले, एमाओवादीलगायतका विभिन्न राजनीतिक दलको आयोजनामा भव्य रुपमा दीपावली गरिएको थियो ।

मध्यपुरथिमिका बासिन्दाले थिमिस्थित शङ्खधर चोकमा दीपावली गरेका थिए ।