१२ बैशाख , काठमाडौं ।

संविधान निर्माणमा राजनीतिक दलहरुबीच विवाद भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केप ओलीले नयाँ संविधानमा धर्म निरपेक्षा शब्द नरहने बताएका छन् । विगतमा सेक्युलर शब्दको अनुवाद गर्दा भूलवश धर्म निरेपक्ष शब्द रहन गएपनि नयाँ संविधानमा सो शब्द नरहने बताएका हुन् ।

योग गुरु स्वामी रामदेवको उपस्तितिमा चलिरहेको योग शिविरको दिन सम्बोधन गर्दै ओलीले भने,‘नेपाललाई धर्म निरपेक्षता वा कुनै एक धर्म साKP oli poseपेक्ष मुलुक होइन सर्व धर्म सापेक्ष मुलुकका रुपमा स्थापित गर्न चाहान्छौं । विगतमा अनुवाद गर्दा गल्तीले धर्म निरपेक्ष शब्द रहन गयो, नयाँ संविधानमा हामी सच्याउंछौ ।’ अब जारी हुने संविधानमा सबै धर्म, संस्कृति, परम्परा र आस्थाप्रति समभाव रहने गरी व्यवस्था गरिने बताउंदै कुनै धर्मलाई बढावा वा कुनैलाई हेलाहोचे नगरिने बताउं । योग गुरु रामदेवले नेपाललाई आध्यात्मिक राष्ट्र घोषणा गर्नु उचित हुने सुझाव दिएपछि ओलीले धर्म निरपेक्ष भन्ने शब्द नराखिने बताएका हुन् ।