१२ माघ, एजेन्सी ।

भारतीय प्रधानमन्त्रीलाई सुरक्षा प्रोटोकल नमिच्न सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन् । गणतन्त्र दिवसको दिन कुनै पनि समारोहमा मानब बमको प्रयोग हुन सक्ने र मोदीमाथि आक्रमण हुन सक्ने भन्दै अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् ।

आज भारतले ६४ औं गणतन्त्र दिवस मनाइरहेको छ ।

आतंकबादी संगठन इस्लामिक स्टेटले मोदीमाथि वालवालिकाको प्रयोग गरेर आत्मघाती आक्रमण गराउन सक्ने भन्दै यस अघि नै चेतावनी दिइएको थियो ।

Narendra Modi security

सीमा क्षेत्रबाट १२ देखि १५ वर्ष सम्मका वाल-वालिका आत्मघाती आक्रमणकारीकोरुपमा भारत छिरेको हुन सक्ने वा छिर्न सक्ने भन्दै सुरक्षा सतर्कता समेत अपनाइएको छ ।

गत वर्ष गणतन्त्र दिवसको दिनमा मोदीले आफ्नो कारबाट ओर्लिएर लाल किल्ला क्षेत्रमा जम्मा भएका बालबालिकासँग भेटेका थिए । अहिले भने यस्ता कुनै पनि गतिविधी नगर्न मोदीलाई सचेत गराइसकिएको छ । उनीमाथि सुरक्षा प्रोटोकल उल्लङ्घन गर्ने गरेको आरोप लाग्दै आएको छ ।