‘बाहुबली’ ले रिलिज भएको दिनमै ५० करोड कमाएर रेकर्ड राखेपछि धेरै अन्य रेकर्ड पनि पछि पछि लागेर आए। बलिउड, कलिउड, अनि हलिउडको साथै नेपाली दर्शक माझ पनि बाहुबलीको चिकै चर्चा भयो। अझ चर्चा भयो बाहुबलीका नायक प्रभासको।

उनको चर्चा यति चुलियो की उनलाई बलिउडका खानहरु संग तुलना नै गर्न थालियो। चर्चासंगै भारतका प्रधानमन्त्री पनि उनीसंग नभेटी बस्न सकेनन्। हालैमात्र नरेन्द्र मोदीले प्रभाससंग भेट गरे। नरेन्द्र मोदीले आफ्नो फेसबुकमा प्रभाससंग भेटेको यो फोटो अपलोड गरेका थिए।

Narendra modi facebook prabhas met

रिलिज भएको १७ दिनमा ४२५ करोडको आम्दामी गरिसकेको बाहुबलीले यो हप्ताको अन्त्यसंगै विश्वभरबाट ४५० करोडको कमाइ गरिसक्ने अनुमान छ।

रिलिजको तेस्रो हप्तामात्र यसले ४० करोड संकलन गर्यो। बजरंगी भाइजान जस्तो अर्को सफल र चर्चाकै शिखरमा पुगेको सलमानको चलचित्रलाई टक्कर दिदै बाहुबलीले आफ्नो हैकम जारीनै राखेको छ।

यो पनि पढ्नुहोस्।
यस्तो हुनेछ बाहुबली-२ को कथा
के हेडफोनले मानिसलाई बहिरो नै बनाउँछ त?