२५ कात्तिक, एजेन्सी । उत्तर प्रदेशको हरदोईमा सरकारी अस्पतालमा नर्सले एक नवजात शिशुकोे औँला काटिदिएकी छन् । औँला काटिदिएपछि उनको मृत्यु भएको छ । सरकारी अस्पतालमा जन्मिएको औँलामा ६–६ औला थिए ।

शनिबार राति बाढ करेंखा निवासी लक्ष्मी नामक महिलालाई प्रसव पीडा भएपछि बिलग्रामको सामुदायिक स्वास्थ्य केन्द्र (सीएससी)मा भर्ना गराइयो । आइतबार बिहान लक्ष्मीले पुत्र जन्माइन् । नवजात शिशुको दुवै हातमा ६ वटा औला थियो ।

लक्ष्मीको पति रविन्द्रले अस्पतालकी महिला स्वास्थ्यकर्मी विद्यादेवीले नवजात शिशुको एक–एक औँला काटिदिइन् । बच्चाको अवस्था बिग्रन थालेपछि स्वास्थ्य केन्द्रले महिला र नवजात शिशुलाई डिस्स्चार्ज गरिदियो । अस्पतालको बाहिर नै नवजात शिशुको मृत्यु भयो ।