१६ चैत, काठमाडौं।

तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले आफ्ना नाति तथा पूर्व श्री ५ नवयुवराज हृदयेन्द्रको उपनयन कार्य भव्यतापूर्वक सम्पन्न गराउने भएका छन् । चैत १७ गते निर्मलनिवासमा औपचारिक चुडाकर्मको समापनपछि २४ गते होटेल सोल्टीमा दिवा तथा रात्रिभोजको आयोजना गरिने भएको छ। आशीर्वादका लागि आउने आगन्तुक पाहुनाहरुको सजिलोका लागि होटल सोल्टीको स्विमङ पुलछेउमा पाल टाँगेर पूर्वनवयुवराजसहित राजपरिवारका सदस्यहरु बस्ने व्यवस्था मिलाइने भएको छ। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।

सो रात आफन्त तथा नातेदारहरुलाई रात्रिभोजमा समेत आमन्त्रण गरिएको भए पनि अन्य विशिष्ट तथा साधारण पाहुनाहरुलाई दिवाभोजमा समेत आमन्त्रण गरिएको भए पनि अन्य विशिष्ट तथा साधारण पाहुनाहरुलाई दिवाभोजका लागि बिहान साढे एघार बजेको समय निर्धारण गरी बोलाइएको छ । उक्त समारोहमा विशेष उपस्थितिका लागि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरु, सवैधानिक निकायका पदाधिकारीहरु, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु, धर्मगुरुहरु, युवा नेताहरु, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरु, सनातनी, बौद्ध र इस्लाम धर्मसम्बद्ध सङ्घसंस्थाका अगुवाहरु, सन्तमहन्थहरु, पत्रकारहरु मिडिया व्यवसायीहरु, कलाकारहरु, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरु, शिक्षक, प्राध्यापक र पूर्वउपकुलपतिहरु, साहित्यकारहरु, सामाजिक कार्यकर्ताहरुलगायत समाजको सबै क्षेत्रका अगुवाहरुलाई पूर्व राजा रानीका तर्फबाट निमन्त्रणा पठाइएको छ।

सो समारोहमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थिति रहनेमा आशङ्का भए पनि राष्ट्रपति भण्डारी उपस्थित हुने विश्वास गरिएको छ। संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु ब्रतबन्धमा सहभागी हुने अपेक्षा गरिए पनि नेत्रविक्रम चन्द र मोहन वैद्यहरुको उपस्थितिप्रति भने जिज्ञासा पैदा भएको छ।