२२ असोज, एजेन्सी ।
नाइजेरिया र कोस्टारिका सन दुई हजार अठारमा रसियामा हुने विश्वकप फुटवलका लागि छनौट भएका छन् । विश्वकप अफ्रिकी छनोट अन्तर्गत समूह बी को खेलमा जाम्बियालाई एक शुन्यले हराउदै नाइजेरिया विश्वकपमा छानिएको हो ।

नाइजेरियाका लागि एक मात्र निर्णायक गोल इलेक्स इओबीले गरे । नाइजेरिया आगामी विश्पकपका लागि छनोट हुने पहिलो अफ्रिकी राष्ट्र हो । जितपछि समूह बी को नाइजेरियाले १३ अंक जोडेको छ । दोस्रो स्थानको जाम्बियाको ७ अंक मात्र छ ।

कोस्टारिका पनि विश्वकपका लागि छनौट भएको छ । उत्तर अमेरिकी मुलुकको छनौट अन्र्तगत आज विहान भएको खेलमा होण्डुरोससंग एक एकको बराबरी खेलेपछि कोस्टारिका विश्वकपका लागि छनौट भएको हो ।

खेलमा कोस्टारिकाको लागि केन्डल वाट्सन र होण्डुरसका लागि एडी हर्नान्डेजले एक एक गोल गरे । रसियामा २०१८ मा हुने विश्वकपका लागि आयोजकसंगै अहिलेसम्म १३ राष्ट्र छनोट भइसकेका छन् भने १९ राष्ट्र छनोट हुन बाँकी छन् ।