काठमाडौं ।

भारतका एक चर्चित फ्रिल्यान्स पत्रकारले नेपालमाथि भारतले लगाएको नाकाबन्दी हटाउन माग गर्दै लेखिएको लेखलाई फेसबुकले शेयर गर्न नदिएको र शेयर भएपनि त्यसबाट विभिन्न अंश काटेर हटाएको बताएका छन् ।

फ्रिल्यान्स पत्रकार बिशाल आरोराले नेपालमाथि लगाइएको नाकाबन्दीको विषयमा अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धी चर्चित साइट द डिप्लोम्याटमा नेपालमा भारतीय प्रभाव मसानघाटमा पुगेको भन्दै RIP भनेर लेख प्रकाशित गरेका थिए । यो लेख फेसबुकमा शेयर गर्दा फेसबुकले रोकेको खुलासा उनले गरेका छन् । फेसबुकले आफ्नो लेख नै हटाइदिएको र अंश समेत काटेर फालिएको खुलासा उनले फेसबुकबाटै गरेका छन् ।

Facebook Cencor Indian Blockade Article 1
facebook blockes article on Indian blockade

हेडलाइन्ससँगको कुराकानीमा समेत विशालले आफूलाई फेसबुकले यसरी सेन्सर गर्छ भन्ने कुरा पहिलो पटक थाहा भएको बताए ।

Facebook Cencor Indian Blockade Article

उनले खासगरी भारत सरकारलाई आलोचना गरिएको अंश फेसबुकबाट हटाएको भन्दै खेद समेत ब्यक्त गरेका छन् ।

के छ सेन्सर गरिएको आलेखमा ?

पत्रकार आरोराले भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर आफ्ना पाखुर सुर्केको भन्दै शुरुवात गरेको लेखमा नेपालमाथि आफूले भनेको कुरा लाद्ने भारतीय प्रयास कुटनीतिक आत्मघात सावित भएको भनेका छन् ।

भूकम्पबाट थिलोथिलो परेको नेपालमाथि भारतीय नाकाबन्दीले अर्को विपत्ति निम्त्याएको भन्दै मधेश आन्दोलनको कारण भारतले गरिरहेको यो ब्यवहार नेपालको संविधानमा सुधार गर्न र हिन्दु राष्ट्र कायम गराउन दवाव दिएर काम नलागेपछि गरेको समेत भनेका छन् ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

भारतले ठूल्दाइ प्रवृत्ति देखाएर नाकाबन्दी लादिरहेको भन्दै उनले नाकाबन्दीले भारतले नेपालमा रहेका आफ्ना मित्रहरु समेत गुमाएको उनको टिप्पणी छ ।

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)

नेपालमा भारतको अनुमति विना कुनै पनि राजनीतिक परिवर्तन नहुने गरेको उदाहरण दिँदै उनले भारतलाई काउन्टर गर्न खोजेका पूर्व राजा ज्ञानेन्द्र र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट हट्नु परेको दृष्टान्त समेत प्रस्तुत गरेका छन् ।

भारतको अगाडी खुट्टा टेक्न खोज्दा नेपालले मूल्य चुकाइरहेको छ- लसएन्जेलिस टाइम्स