२३ माघ, काठमाडौँ।
नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

भोजपुरे सेवा समाज, काठमाडौँको आठौंँ विशेष साधारणसभाकोे यहाँ आज उद्घाटन गर्दै उनले प्रमुख नाका वीरगन्जमा भएको अवरोध शुक्रबार हटेकोप्रति सङ्केत गर्दै भने,“औपचारिक रुपमा नाकाबन्दी हटेको घोषणा नभए पनि हिजो(शुक्रबार)देखि वीरगन्जको मुख्य नाका खुलेको छ, अब चाँडै नाका पूर्ण रुपमा खुलेको सन्देश आउँछ ।”

प्रवक्ता राईले संविधान निर्माण जस्तो मुख्य काम पूरा भएर देश सामान्य अवस्थामा जाँदै स्थिर रहेकाले अब मुलुकले आर्थिक विकासको गति लिने बताए । संविधानले सबै जाति, धर्म, क्षेत्र र समुदायका जनतालाई समान ढङ्गले सम्बोधन गरेको बताउँदै उनले भने, “संविधानले सबैलाई न्याय गर्ने प्रयास गरेको छ, कसैलाई अन्याय भएको महसुस भएमा संशोधन गर्ने ठाउँ छ ।”

उनले संविधानप्रति असन्तुष्टि राख्नेलाई आग्रह गर्दै भने,“ पहिले संविधान अध्ययन गरौंँ, बुझ्ने कोसिस गरौँ, अरुलाई पनि बुझाउने प्रयास गरौँं, खाली संविधानको गलत व्याख्या गर्ने मात्र नगरौंँ ।”

सूचना तथा सञ्चारमन्त्री राईले आफ्नो गृह जिल्ला भोजपुरभर टेलिफोन सेवाको पहुँच पुर्याइने तथा जिल्ला सदरमुकाम लगायत केही मुख्य बजारलाई ‘वाइफाइ जोन’का रुपमा विकास गर्ने आफ्नो योजना रहेको जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, समाजका अध्यक्ष पासाङदोर्जी शेर्पा, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली र दयाकृष्ण न्यौपाने लगायतले भोजपुरको विकासका लागि सबै पेसा, क्षेत्र र समुदायका व्यक्ति तथा समुदाय एक जुट भएर लाग्नुपर्ने बताए ।
समाजको निर्वाचनले ६५ सदस्यीय परिषद् र २१ सदस्यीय कार्यसमितिको चयन गर्ने छ । रासस

यो पनि पढ्नुस्।

अनौठो घटना बाहिर आयो, रौतहटमा बलात्कृत भएको नाटक गर्ने पक्राउ

नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा डाक्टर भएका १२ जना पक्राउ

मोर्चा कार्यकर्ता र व्यवसायी विच झडप, मितेरी पुलमा तनाव

१३४ दिनपछि वीरगञ्ज नाका खुल्यो, धमाधम गाडी भित्रदैँ