१६ असोज, काठमाडौं ।
नेपालसँग सीमा जोडिएका नाका खुलाउन भारतले दिएको निर्देशनबारे नेपालको भन्सारले अनविज्ञता प्रकट गरेको छ । ३ असोजमा संविधान जारी भएदेखि भन्सारमा अवरोध भई आयात–निर्यात ठप्प छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भन्सार जाँचपासमा भारतीय पक्षबाट अवरोध खुलेकोबारे जानकारी नआएको बताए ।

‘भारतीय पक्षबाट भन्सार सुचारु गर्नेबारे केही जानकारी आएको छैन,’ उनले भने । भन्सार सुचारु गर्ने विषयमा जानकारी आए तत्कालै नेपालतर्फबाट पनि काम सुरु हुने उनले बताए । भारतपट्टि मालबाहक करिब चार हजार ट्रक, ट्यांकर रोकिएको जानकारीमा आएको उनको भनाइ छ । ‘नेपालपट्टि खाली ट्रकको कुनै लाइन छैन,’ उनले भने ।

Sidarthanagar-fule vehilce naka

लामो समय भन्सारमा अवरोध भई जाँचपास हुन नसकेको ढुंगानाले बताए । भन्सार जाँचपास सुचारु भए छिटो सेवा पुर्‍याउन थप कर्मचारी खटाइने उनले बताए । ‘हामी फुलफ्लेजमा काम गरेर भन्सारबाट जतिसक्दो छिटो सवारीसाधन पास गराउन तल्लीन छौँ, तर यसका लागि वातावरण बन्नुपर्छ,’ उनले भने, ‘हामी बिहान–बेलुका नभनी काम गरेर भए पनि ट्रक, ट्यांकर पास गराउँछौँ ।’ उनका अनुसार शनिबार कुल दुई सय ९३ वटा ट्रक, ट्यांकर नेपाल प्रवेश गरे । ‘भारतपट्टिकै अवरोधका कारण थप ट्रक, ट्यांकर प्रवेश गर्न सकेका छैनन्,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।