१५ असोज, न्यूयोर्क ।

भारतले नाकाबन्दी गरिरहेको समयमा राष्ट्रसंघ महासभालाई संवोधन गर्न पुगेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले भारतलाई उल्टै धन्यवाद दिएका छन् ।

नाकाबन्दीको विषयमा चुइँक्क नबोलेका उपप्रधानमन्त्रीले भूकम्पको समयमा गरेको सहयोगका लागि भारतलाई धन्यवाद दिएका हुन् ।

Prakash Man Sambodhan at UN

 

प्रकाशमान सिंहले राष्ट्रसंघमा गरेको संवोधनको पूर्णपाठ

भारतले लगाएको नाकाबन्दी र संविधानमा देखाएको असन्तुष्टीबारे उपप्रधानमन्त्री सिंहको संवोधनमा कुनै कुरा उल्लेख गरिएको छैन ।

नेपालको संविधानमा रहेका विशेषता उल्लेख गरेपनि उनले यसमा असन्तुष्टी देखाउने भारतप्रति एक शब्द खर्चेनन् ।