२० असोज, काठमाडौं ।

भारतको ज्यादती विरुद्ध सामाजिक सञ्जालबाटै विद्रोह गर्ने गरेका नेपालीहरुले पुनः एक पटक ट्वीटरको साहारा लिएका छन् ।

ट्वीटरमा भारतीय दुताबासको बेइज्जत, दुताबासलाई तेल दान गर्ने ट्रेण्डिङ

ट्वीटरमा भारतीय दुताबासलाई तेल दान गरौं अर्थात #DonateOilToIndianEmbassy ह्याश ट्याग राखेर शुरु भएको ट्रे्ण्डिङ एकै छिनमा नम्बर १ भएको छ ।

Donte oil to Indian Embasssy 4

नेपालमाथि नाकाबन्दी लगाएर भारतीय दुताबासले नेपाल आयलनिगम सँग इन्धन मागेपछि नेपाली ट्वीटेहरुको विद्रोह शुरु भएको हो ।

ट्वीटर प्रयोगकर्ताहरुले भारतीय दुताबासलाई दिउसो ३ बजे ट्वीटरमै सूचना जारी गरेर संकलित तेल प्रदान गर्ने कार्यक्रम समेत राखेका थिए । केही ट्वीटेहरु भारतीय दुताबासमा तेल लिएर समेत पुगेका छन् ।

नेपालमा तेल आउने नाकाबन्द गरेर भारतीय दूतावासले नेपाल आयल निगमसँग तेल उपलब्ध गराउन पत्र लेखेपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया देखिएको छ ।

Donte oil to Indian Embasssy 7

Donte oil to Indian Embasssy 6

तेल बोकेर भारतीय दुताबास पुगेका नेपाली युवा

Donte oil to Indian Embasssy

संविधान जारी भएपछि भारतको हस्तक्षेप विरुद्ध ट्वीटरमा नेपालीले चलाएको अभियान #BackOffIndia पनि एक नम्बर ट्रेण्डिङ बन्न पुगेको थियो ।

Donte oil to Indian Embasssy 3

Donte oil to Indian Embasssy 5

यस अघि भूकम्पको समयमा भारतीय मिडियाहरुले नेपालमा गरेको ज्यादतीविरुद्ध नेपालमा मात्र होइन विश्वभरी विरोध भएर#GoHomeIndianMedia’ एक नम्बर ट्रेण्डिङ बन्न पुगेको थियो ।

Donateoil to indian embassy feature

Donte oil to Indian Embasssy 2

भारतले नाकाबन्दी गरेर संविधानमा आफ्ना स्वार्थ पुर्ति हुने बुँदा समावेश गर्न दवाव दिइरहेको समयमा नेपाली राजनीतिका प्रमुख खेलाडी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा निसक्ने भनेपछि भारतमा पनि तरंग देखिएको छ ।

प्रचण्ड बेइजिङ जान लाग्दा दिल्लीमा तरंग, मिडियाबाजी शुरु