१५ साउन, काठमाडौं ।
प्रचण्ड नेतृत्वमा सरकार गठन हुनु अघि नै आन्दोलनर मधेसी मोर्चालाई सहमतिमा ल्याउन कांग्रेस एमाले र मधेसी मोर्चाबीच भएको छलफलमा कार्यदल गठन गर्ने निर्णय अनुसार मधेसी मोर्चाबाट सहभागी हुने नेताहरुको नाम टुंगो लगाउन मधेसी मोर्चाले छलफल थालेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

कार्यदलमा सहमति भएपनि मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बताएको छ । मधेसी मोर्चाले कार्यदलमा रहने नेताहरुको नाम टुंगो लगाएपछि कांग्रेस र माओवादीले पनि आजै नेताहरुको नाम पठाएर साँझ कार्यदलको बैठक बस्ने मोर्चामा आबद्ध एक नेताले बताए ।

कार्यदलले सहमतिको लागि साउन १८ गतेसम्मको समयसीमा पाएको छ । साउन १७ गते संसदको बैठक बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनको लागि दिएको समयसीमाभित्र पनि संसदमा रहेका राजनीतिक दलहरुबीच सहमति जुटन सकेको छैन् । सहमतिको सरकार गठन हुने सम्भावना नरहेको भन्दै कांग्रेस र माओवादीले नयाँ सरकार गठनको लागि बहुमतिय प्रक्रियाबाट अगाडि बढने गरी गृहकार्य अगाडि बढाएका छन् । आगामी नौ महिनासम्म प्रचण्डले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भइसकेको छ ।