८ फागुन, काठमाडौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनपछि पनि संसोधनलाई अघि बढाउन सकिने बताएका छन् ।

युरोपस्थित नेपाली जनसम्पर्क समितिमा बिभिन्न कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने क्रममा आईतबार त्रिभुवन विमानस्थल सञ्चारकर्मीसंग कुरा गर्दे उनले यस्तो बताएका हुन।

उनले संसोधन प्रक्रिया संसदमा प्रवेश भइसकेका कारण पनि शंका नगर्न आग्रह गरे । उनले मुलुकलाई निकास दिनका लागी छिटो भन्दा छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा पनि राखे। उनले निर्वाचन पछि नै संविधान कार्यान्वय हुने र मुलुकको विकास हुने विश्वास व्यक्त गरे ।

युरोपस्थित नेपाली जनसम्पर्क समितिको कार्यक्रमा पार्टीको बिषय तथा समग्र मुलुकको विकासका बिषयमा छलफल भएको उनले जानकारी दिए ।