११ चैत्र, काठमाडौं ।

निर्वाचन आयोगले व्यवस्थापिका संसद बाहिर रहेका दलहरुलाई चुनाव चिन्ह दिन नसकिने बताएपछि २४ दल एकजुट भएर विरोध गरेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहितका २४ दलले आयोगको कदम प्रति आपत्ति जनाएका छन् ।

नयाँ शक्तिको पार्टीको कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी उनीहरुले आयोगले चुनाव चिन्ह नदिए सङघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

प्रचण्डलाई ६ आपत, टार्लान त संकट ?

निर्वाचन आयोगले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा लोकतन्त्रको मुल मर्म र मान्यतालाई उपहास गरेको उनीहरुले ठहर गरेका छन् ।

संविधान र बहुदलिय व्यवस्थाको अन्तराष्ट्रिय मान्यता अुनसार आ–आफ्नो पहिचान (चुनाव चिन्ह) सहित विचार धारा, दर्शन र कार्यक्रम प्रचारप्रसार गर्ने र निर्वाचनमा भाग लिन पाउने नैशर्गिक र अविछिन्न अधिकार भएको उनीहरुको दावी छ ।

पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीका राष्ट्रिय मामिला संयन्त्रका संयोजक परशुराम तामाङले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचनको लागि अनुकुल वातावरण निर्माण गर्न नसकेको आरोप लगाए ।

राउतलाई थप १० दिन थुनामा राख्न आदेश

नेपाल संघीय समाजवादी पार्टीका संयोजक रिजवान अन्सारीले सरकारले लोकतान्त्रिक व्यव्यस्थाको उपहास गरेको आरोप लगाए ।

यी हुन् आयोगको चुनाव चिन्ह नदिने निर्णय विरुद्ध उभिएका दलहरुः
१. परशुराम तामाङ, नयाँ शक्ति पार्टी, नेपाल
२. अशोक कुमार यादव, आम आदमी पार्टी, नेपाल
३. शान्तिराज राई, किँरात खम्बुवान लोकतान्त्रिक पार्टी
५. रिजवान अन्सारी, नेपाल संघीय समाजवादी पार्टी
६.ऋषिराम कट्टेल, नेपाल कम्युनिष्ट पार्टी
७. मोतिलाल भारती, नेपाल समावेशी पार्टी
८. कौशल कुमार सिंह, लोक दल
९. खगेन्द्र माखिम, संघीय लिम्बुवान पार्टी, नेपाल
१०. सि.वि. राना, लिवरल डेमोक्रेटिक पार्टी
११. गंगा महरा, बहुजन समाजवादी पार्टी नेपाल
१२. हुकुम बहादुर लामा, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
१३. राजु खनाल, नयाँ हरियाली नेपाल पार्टी
१४. ज्ञानेन्द्र निरौला, विवेकशील नेपाली दल
१५. विष्णुराज अर्याल, नेकपा (माले–समाजवादी)
१६. प्रकाश अधिकारी, नेकपा (संयुक्त माक्र्सवादी)
१७. इन्द्रकुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१८. डा. विजय प्रकाश सैजु, ने.रा.पा.
१९. तेजविक्रम पाल, संघीय विकासवादी पार्टी
२०. ब्रिसुलाल उराव, नेपाल जनसमावेशी एकता पार्टी
२१. निराजन कुँवर, जनसमाजवादी पार्टी, नेपाल
२२. जयवन्दविक्रम शाह, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
२३. खगेन्द्र अवस्थी, अखण्ड सुदुरपश्चिम पार्टी, नेपाल
२४. भरतप्रसाद महतो राष्ट्रिय जनता दल