२ मंसिर, काठमाडौं ।

आन्तरिक स्रोतबाटै जुटायो निर्वाचन सामग्री –

निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको थियो । आयोगले अति संवेदनशील र संवेदनशील निर्वाचन सामग्री विदेशीबाट नलिने सैद्धान्तिक सहमति गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विदेशी दातृनिकाय र नियोगबाट अनुदान नलिएको हो । आन्तरिक स्रोतबाट जुटाउने सकिने निर्वाचन सामग्रीमा वैदेशिक सहायता नलिने आयोगको सैद्धान्तिक सहमतिपछि आफैले खरिद गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

विगतमा कहाँबाट कति आयो सहयोग ?

स्थानीय तहको निर्वाचन ०७४

भारत : १८ करोड ६१ लाख ९४ हजार ८ सयबराबरको निर्वाचन सामग्री मागिएको थियो । जसमा गाडी र मोटरसाइकल बढी थिए ।

-मोटरसाइकल : ३० स्कुटर : ७

-टाटा जेनन डबल क्याबिन

-पिकअप : ३५ महिन्द्रा स्कार्पियो : ७

-टाटा जेस्ट गाडी : ४ महिन्द्रा एक्स युभी ५०० : १ माइक्रोबस : १

-टाटा एलपियो मिनीबस : १

चीन : चीनसँग १३ करोड १८ लाख २० हजार रुपैयाँको निर्वाचन सामग्री मागिएको थियो ।

-क्यालकुलेटर : २७,५०० पन्चिङ मेसिन : २७,५०० कैँची : २७,५००

-जेलपेन : ५५,००० रबर

-म्याट : २१,५०० ग्लुस्टिक : २७,५००

-स्ट्याम्प प्याड : १,६५,०००

-स्केल : ५५,००० स्ट्याम प्याड

-मसी : ८२,५०० घडी : २७,५००

युएनडिपी : निर्वाचन सहयोग परियोजना (इएसपी) मार्फत युएनडिपीले आठ करोड ३१ लाख रुपैयाँबराबरका ल्यापटपदेखि कम्प्युटर प्रिन्टरसम्म दिएको थियो ।

-ल्यापटप : ९०० टोनर कार्टिजः ९०० कम्प्युटर प्रिन्टर : ९००