१६ बैशाख, काठमाडौं ।

निर्वाचन आयोगले सरकारलाई नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्न रोक लगाएको छ । दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने काम आचार संहिता अनुकुल नहुने भएकाले सरकारको ध्यानाकर्षण गराउने निर्णय आयोगले गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि प्रमुख निर्वाचन आयुक्त यादवले बजेट ल्याउने कामलाई आचार संहिताले अवरोध नगर्ने बताएका थिए ।

आयोगले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणका निर्वाचनकाबीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकुल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

आयोगको विज्ञप्ती: