Election-Nepal२६ जेठ, काठमाडौ । निर्वाचन कानूनमा सहमतिको अन्तिम प्रयास स्वरुप उच्चस्तयिर राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । संयन्त्रको कार्यालय बानेश्वरमा जारी बैठकमा निर्वाचन कानूनमा रहेका विबादित बिषयमा सहमतिको प्रयास भइरहेको एमाले नेता रघूजी पन्तले जानकारी दिएका छन् ।

कार्यदलले सहमति गर्न नसके सरकारले कानूनमा सहमति कायम गर्नेछ । केन्द्रीय समितिको बैठकलाई संवोधनगर्दै माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन कानूनको विवादमा आज सहमति नभए सरकारलाई जिम्मा लगाउने बताएका थिए ।

निर्वाचन कानूनमा सहमति जुटन नसकेका कारण निर्वाचन मिति घोषणामा विलम्ब भइरहेको छ । कानूनमा सहमति जुटाउन नसकेपनि कार्यदलले मंसीर ५ गतेका लागि निर्वाचन मिति प्रस्ताव गर्ने संभावना रहेको छ ।