विकास श्रेष्ठ।

२६ पुस, दक्षिण कोरिया ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासका राजदूत कमानसिंह लामाले आफु माथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपको खण्डन गरेका छन् । आइतबार वुमन फर वुमनले आयोजना गरेको श्रम सहचारी अनिल गुरुङ्गको विदाई तथा सम्मान कार्यक्रममा बोल्दै लामाले निवास भाडा रकम बढि देखाएर राज्यको ढुकुटी दोहन गरेको आरोपको खण्डन गरेका हुन् । लामा माथि निवास भाडामा लिएर वास्तविकता भन्दा बढी भाडा रकम देखाएर राज्यको ढुकुटी लुटेको आरोप सहितको खबर केही दिन अघि विभिन्न अनलाइन र राष्ट्रिय दैनिक पत्रिकामा सम्प्रेषण भएका थिए ।

embessder kaman singh lama south korea

दुतावास श्रोतलाई उद्धृत गर्दै केही अनलाइन खबरहरुले राजदुत लामाले घर जग्गा कारोबार गर्ने कोरियन बुदोङसान र घर बेटीसँगको मिलोमतोमा घरभाडा रकममा मासिक पच्चिस लाख वोन अर्थात झण्डै नेपाली दुइ लाख तीस हजार रुपैया भन्दा बढी रकम अनियमिता गरेका छन् । उनले पचहत्तर लाख वोन परराष्ट्र मन्त्रालयबाट लिने र पचास लाख वोन कोरियन घरवेटीलाई बुझाउदै आएको आरोप खबरमा उल्लेख गरिएको छ । आफु माथि लागेको आरोपका विषयमा बोल्दै लामाले आफ्नो चरित्र हत्या र बदनाम गराउने उद्धेश्य अनुरुप यस्ता खाले आरोप सहितका खबर सार्वजानिक भएको दाबी गरे । उनले घर जग्गा कारोबार गर्ने कोरियन बुदोङसानले भाडा दिने गरी घरको व्यावश्था मिलाइदिएको र घरभाडा पचहत्तर लाख वोन तिर्ने गरी घरबेटीसँग सम्झौता भएको बताए ।

घर भाडा सम्झौता राजदूतको मात्र एक निर्णयबाट मात्र नभई दुतावासका उपनियोग प्रमूख, श्रम सहचारी सहित तिनको प्रत्यक्ष संलग्नता र सहमतीमा निर्क्यौल हुने र परराष्ट्र मन्त्रालयबाट प्रमाणिकरण हुने जानकारी उनले दिए । राजदूत लामाले पुर्व उपनियोग प्रमूख राजाराम बर्तौलाले घरभाडा सम्बन्धी सम्झौता मिलाएको दाबी गर्दै सार्वजनिक खबर राजनैतिक प्रेरित र कपोलकल्पीत भएको भन्दै आफ्नो बचाउ गरेका छन् । नेपालमा यस आरोपका विषयमा छानबीन प्रक्रिया शुरु भइसकेको अवश्थामा सोधिएको प्रश्नमा उनले आरोप प्रमाणित भए जस्तो सुकै कारबाही भोग्न तयार रहेको बताए । उनले परराष्ट्र मन्त्रालयका केही अधिकारीबाट आफुलाई बदनाम गराउन यस किसिमका हर्कत हुने गरेको आरोप समेत लगाएका छन् ।