४ कात्तिक, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट अर्कै प्रस्ताव

अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार काठमाडौमा सम्बोधन गर्दे शाहले यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँने बताए ।

gyanendra

असन्तुलनले उपेक्षा जन्माउँने र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्ने उनको भनाई छ । उहाले बहुजन हिताय, बहुजन सुखाय यो मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुको बिकल्प रहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको उल्लेख गरे ।

ओली-प्रचण्डको अर्को एक गोप्य भेट, प्रचण्ड सरकार ढल्ने कारण बन्न सक्छ

उनले आफ्नो मौलिक चिनारी, परम्परागत धर्म र राष्ट्रिय सम्वेदनशीलतालाई हृदंगम गरी अघि बढ्ने हो भने देशमा पुनः दिगो शान्ति स्थापना गर्न सकिने बताए ।

साउदी राजपारिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले छोरीलाई पनि छोडेनन्

उनले दिगो शान्ति र समृद्धिका लागि नयाँ सोंचको आवश्यकता रहेको बताए । भाषा, इतिहास, धर्म दर्शन देशका धरोहर, वैभव र प्राण हुन् भन्दै शाहले सनातन हिन्दुहरु जो जहाँ छन् त्यहाँ शान्ति र सदभाव हुने बताए ।

ज्ञानेन्द्रले विद्रोहको चेतावनि दिएको पहिलो पटक हो । राजाबाट च्युत भएर नागरिक भएका ज्ञानेन्द्रले पहिलो सार्वजनिक भाषणमा विद्रोहको चेतावनी दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग देखिएको छ ।