२० फागुन, काठमाडौं ।

विहारका मुख्यमन्त्री नीतिश कुमारले भाषण गर्दा नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन स्थलमा सबैभन्दा बढी हुटिङ भएको छ । नीतिशले नेपाली नेताहरुको नाम भन्न विराएपछि मञ्च परिसरमा हुटिङ भएको हो ।

नीतिशले कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलको नाम भन्दा ‘रामचन्द्र पडुआल जी’ भनेका थिए । उनले अन्य नेताहरुको नाम भन्ने क्रममा पनि विराएपछि हुटिङ भएको थियो ।

Nitish Kumar Pashupati

नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन समारोहमा नीतिशले नेपाली कांग्रेसका नेताहरुले भारतको स्वाधिनता आन्दोलनमा समेत सहभागी भएको भन्दै प्रशंसा गरेका छन् ।

उनले कांग्रेसका संस्थापक विपी कोइराला भारतबाट नेपाल फर्किँदा विहारको पटना हुँदै फर्किएको स्मरण गर्दै कांग्रेससँग भारतको विशेष सम्बन्ध रहेको बताए ।

कांग्रेस महाधिवेशन उद्घाटनमा ओलीको अंग्रेजी भाषण

महाधिवेशनस्थलमा देउवा र पौडेलले हात मिलाएनन्

नेपालको विकाश र स्थायित्व नै भारतको चाहाना रहेको भन्दै मुख्यमन्त्री नीतिशले नेपाल र भारतबीचको सम्बन्धमा कुनै आशंका हुन नहुने बताए ।

मधेश आन्दोलनबारे बोल्न चाहन्न- नीतिश कुमार