२० फागुन, काठमाडौं ।

विहारका मुख्यमन्त्री नीतिश कुमारय यतिबेला काठमाडौंमा छन् । आज दिउसो उद्घाटन हुने नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा अतिथि बनेर काठमाडौं आएका नीतिशले नेपालका प्रमुख बिशिष्ठ ब्यक्तिहरुसँग भेटघाट गरिसकेका छन् ।

हिँजो दिउसो देखि राजनीतिक भेटघाट थालेका नीतिशले हिँजो दिउसो नै एमाओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई भेटेका थिए भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई समेत भेटेका थिए ।Nitesh Kumar Twitt after landing in Nepal 1

नीतिशले नेपालमा न्यानो स्वागत पाएको कुरा पनि ट्वीटरमा उल्लेख गरेका छन् । नीतिशले कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालालाई पनि श्रद्धाञ्जली दिएका थिए ।

Nitesh Kumar Twitt after landing in Nepal 3

नीतिश कुमारले नेपाल आएपछि नेताहरुलाई मात्र होइन ओशो तपोबनको भ्रमण समेत गरेका छन् । उनले ट्वीटरबाट नेपाल भ्रमणका तस्विरहरु शेयर गरेका छन् ।

Nitesh Kumar Twitt after landing in Nepal 2

नीतिशले प्रचण्ड, ओली र विद्या भण्डारीसँग भेटेका र तपोबन पुग्दाका तस्विर नेपाल भ्रमणको सम्झना भन्दै ट्वीटरमा शेयर गरेका छन् ।

यहाँ नेर हुँदैछ कांग्रेसको वास्तविक भिडन्त

सुजातालाई बसमा पार्न रामचन्द्रले फालेका ३ पासा

नीतिशले नेपाली नेताहरुसँग विहार र नेपालबीच विकाशका साझेदारीका प्रसंग मात्र होइन नेपालले अव विकाशका मुद्धालाई प्राथमिकता दिनु पर्ने सुझाव समेत दिएका छन् ।
नीतिशलाई विहारमा भएको विकाशका प्रमुख शुत्राधार मानिन्छ । अब्यवस्थाबाट ग्रस्त विहारलाई हालको ब्यवस्थित विकाशको मोडलमा लैजान नीतिशले प्रमुख भूमिका खेलेका छन् ।

कांग्रेस महाधिवेशन : देउवा अगाडि, पौडेल दोस्रो, सिटौला तेस्रो नम्बरमा

नीतिशको पार्टीले गत विधानसभा चुनावमा मोदीको दललाई हराएर बहुमत हात पारेपछि नीतिश विहारको मुख्यमन्त्रीमा पुनर्वाहाली भएका थिए ।