१५ मंसिर, पोखरा । साल्टट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ ।

गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताए । उनले हल्लाकापछि नलाग्न सर्वसाधारणलाई आग्रह गरे ।

salt-godam

“हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उनले भने । पोखरा कार्यालयमार्फत गण्डकी अञ्चलभित्र बर्सेनि करिब ६५ हजार क्विन्टल नुन बिक्री वितरण हुँदै आएको छ ।