१ वैशाख, नुवाकोट।
नुवाकोटको समुन्द्रटारमा मिनिट्रक दुर्घटनाहुँदा एक जनाको मुत्यु भएको छ । ना.३ ख ३३१८ नम्बरको मिनीट्रक समुन्द्रटार एक स्थित कुनाखोलामा दुर्घटना परी छ जना घाईते भएका छन् । दुर्घटनामा राउतवेशी सातका बुद्धबहादुर तामाङको मृत्यु भएको हो ।minitruck accident

सडकबाट ३० मिटर तल पुगेको मिनीट्रक र त्यसमा रहेको निर्माण समाग्रिले च्यापिदा ४५ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ । दुर्घटनामा घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारको लागि नुवाकोटको जिल्ला अस्पताल त्रिशूली र काठमाडौमा लगिएको छ । समुन्द्रटार बजारबाट आवास निर्माणको लागि इट्ट, रड, सिमेन्ट लगायतका निर्माण समाग्रि बोकेर राउतवेशी तर्फ गइरहेकोे मिनीट्रक कुनाखोला अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।