१५ कात्तिक, काठमाडौं।

पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले मुलुकको समस्या जतिसक्दो छिटो समाधान गर्नुपर्ने औल्याएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रियामा भट्टराईले छिमेकी मुलुकसँग देखिएको समस्या जति लम्बियो उति समस्या थपिँदै जाने बताए ।

भारत र चीनबीच सुमधुर कुटनीतिक सम्बन्ध राख्नुपर्नेमा नेताहरुको स्वार्थका कारण छिमेकीसँग सम्बन्ध बिग्रिएको भट्टराईको भनाइ थियो । उनले तराई–मधेसको समस्या समाधान गरी मुलुकको आर्थिक उन्नति र विकासका लागि नयाँ शक्ति स्थापना गर्नुपर्ने दोहोर्याए ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका ब्यक्तिले नयाँ शक्तिको आवश्यकतामाथि धारणा राखेका थिए । कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङगाना, पूर्व मुख्यसचिव लीलामणी पौडेल, जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पालगायतले नयाँ शक्ति गठनको आधार र आवश्यकताबारे भट्टराईसँग जिज्ञासा राखेका थिए ।