१७ कात्तिक, काठमाडौं ।

भारतीय मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई कडा चेतावनी दिएको भन्दै हेडलाइन बनाएको छ ।

भारतको चर्चित सञ्चार माध्यम आजतकले प्रधानममन्त्री ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएको समाचार प्रकाशित गरेको छ ।

भारतसँग नझुक्न प्रधानमन्त्री ओलीलाई एमालेको निर्देशन

बीरगञ्जमा एक भारतीयको प्रहरीको गोली लागि निधन भएपछि ओलीले यस्तो चेतावनी दिएको समेत समाचारमा जनाइएको छ ।

aajtak Oli headline

नेपालको संविधान कुनै देशको विरुद्ध नभएको स्पष्ट पार्दै ओलीले भारतले मधेशी दललाई उक्साइ रहेको आरोप समेत लगाएको दावी गरेको छ । संविधानसभाको ९६ प्रतिशतले पारित गरेको संविधान कसैको विरुद्ध नभएको स्पष्ट पार्दै ओलीले भारतको कडा आलोचना गरेको भनेको छ ।

बीरगञ्ज घटनाको विषयमा सामान्य प्रसासन मन्त्री रेखा शर्माले भावना भड्काउने काम नगर्न आग्रह गरेको पनि समाचारमा भनिएको छ ।

मोदीलाई ओलीको जवाफ–आन्दोलनमा भारतीय नागरिक हुन्छन भन्ने सोचेकै थिएनौं

भारतीय प्रधानमन्त्री मोदीले नेपालमा भारतीय मारिने घटनाको निन्दा गरेको र नेपालमा इन्धन आपुर्ति रोक्ने कुनै इच्छा भारतको नरहेको भन्ने कुरा नेपाललाई जानकारी दिइसकेको समेत आजतकले लेखेको छ ।