२१ बैशाख, काठमाडौं ।

अमेरिकाको ह्यारिसवर्गमा बसोबास गर्ने नेपाली तथा भुटानी मुलका नेपाली समुदायले गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा मारिएकाहरुको सम्झनामा दीप प्रज्वलनतथा ३ मिनेटको मौन धारण गरेका छन् ।




Nepali in US relief Fund

मे ३ मा ह्यारिसवर्गमा आयोजना गरिएको मौन धारण कार्यक्रममा सहभागीहरुले नेपालका भूकम्प पीडितका लागि नगद समेत संकलन गरेको जानकारी त्यहाँ रहेका विश्व साइकल यात्री सौरव दाहालले दिए । आयोजकले त्यहाँ संकलित रकम अमेरिकन रेडक्रशको माध्यमबाट नेपाल पठाइने जानकारी दिएको छ ।

Nepali in US relief Fund 1

उक्त कार्यक्रममा नेपालीहरुले नेपाल पठाउनका लागि २ लाख ६० हजार भन्दा बढी संकलन गरेका थिए । मौन धारण तथा दीप प्रज्वलन कार्यक्रममा स्थानीय समुदायका बरिष्ठ अमेरिकी अधिकारीहरु समेत सहभागी भएका थिए ।

Nepali in US relief Fund 2

कार्यक्रमको संयोजन राम श्रेष्ठ र ह्यारिसवर्गमा बसोबास गर्दै आएका संगीतकमर्मी सुमन योञ्जनले गरेका थिए । यो सहयोग ह्यारिसवर्गमा बस्ने भुटानी नेपाली समुदायको समितिले नेपाल पठाउने छ ।

Nepali in US relief Fund 3