८ मंसिर, काठमाडौं।

सरोगेसि सम्वन्धि कानुन नभएको अवस्थामा नेपालमा फेरि एकाएक यो विषयले स्थान पाएको छ । भारत तथा अरु देशका दलालहरुको क्रिडास्थल भएको नेपालमा सरकारले प्रतिवन्ध लगाएपछि ति दलालहरु विदेशतिर पलाएन भएको पाईएको छ ।

धेरै कमिसनको लोभमा नेपालका नीजि अस्पताल र सम्बन्धित सरकारी अधिकारीहरुको लापरवाहीले गर्दा नेपाल एकाएक सरोगेसिको केन्द्र बन्न पुगेको हो ।

देशमा संक्रमणकालको फाइदा उठाउँदै दलालहरुले फेरि पनि सरोगेसिको कानुन व्युँताउन लागिपरको एक उच्च सरकारी अधिकारिले नेपालीहेडलाइन्सलाई जानकारी दिए ।

हालसालै मात्र नेपालमा प्रतिवन्ध लगाइएको भाडाका आमावाट बच्चा उत्पादन गर्ने प्रविधि (सरोगसी) वाट वच्चा निर्यात भएको छ । विभिन्न देशका ५४ जोडिले सन्तानलाई आफ्नो देश लगेका हुन ।

अध्यागमन विभागका अनुसार कुनै बाधा व्यवधान विना नै ति बच्चाहरु बाहिरिएका हुन । नेपालमा गत वर्षवाट सुरु भएको सरोगसि प्रविधिवाट धेरै बच्चाहरु बाहिरिसकेका छन् । भारत र थाईल्याण्डमा सरोगेसी सेवा बन्द भएपछि नेपाल यसको हब भएको थियो ।

अध्यागमन विभागका अनुसार २६जना इजरायल, १३ जना अस्ट्रेलिया, ६ जना ब्राजिल, ३ जना अमेरिका, युके/फिलिपिन्सका २/२ जना,स्पेन र इक्वेडरका १/१ जना वच्चा बाहिरिरहेका छन् ।