२६ पुस । काठमाडौं
विश्वको उत्कृष्ट फुटबलको लागि भएको भोटिङमा नेपाली प्रशिक्षक, कप्तान र पत्रकारले गरेको भोटिङमा फरकफरक खेलाडी रोजेको देखिएको छ ।

तीन जनालाई भोट गर्दा पहिलोले ५ अंक, दोस्रोले ३ अंक र तेस्रोले १ अंक पाउने प्रावधान छ ।

नेपाली कप्तान अनिल गुरुङले पहिलो नम्बरमा रोनाल्डो, दोस्रोमा नेयमार र तेस्रोमा मेसीलाई भोट हालेका छन् ।

ronaldo-messi-ronaldo-messi

प्रशिक्षक गोटुकी कोजुले नेपालबाट मेसीलाई पहिलो, गेराथ बेललाई दोस्रो र पाउल पोग्वालाई तेस्रो नम्बरमा भोट दिएका छन् ।

नेपाली मिडियाको तर्फबाट रितेश रिजालले मेसी, रोनाल्डो र बेललाई क्रमशः भोट गरेका छन् ।