२८ जेठ, काठमाडौं ।

नेपाली काँग्रेसले स्थानीय तह दोस्रो चरणको चुनावमा २ नम्वर प्रदेश बाहेक पार्टीका तर्फबाट बन्ने उम्मेदवारको आज टुङ्गो लगाउने तयारी गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पान समितिको आज बस्ने बैठकले असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तहमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेको हो ।

काँग्रेसले दुई नम्वर प्रदेश बाहेक १, ५ र ७ नम्वर प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुङ्गो आज लगाउनेछ । २ नम्वर प्रदेशमा उम्मेदवार बन्नेको नामबारे भने छलफल नै सुरु नभएको काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

दुई नम्वर प्रदेश बाहेक अरु प्रदेशको उम्मेदवारको टुङ्गो लगाउन विहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकले उम्मेदवारको टुङ्गो लाग्न बाँकी मोरङ, दाङ र सोलुखुम्वुका स्थानीय तहका लागि उम्मेदवारको टुङ्गो लगाउनेछ ।