२० फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक अवस्थामा देशलाई पुर्‍याउन धेरै मेहनत गरेको भन्दै प्रशंसा गरेका छन् ।

खुल्ला मञ्चमा शुरु भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले देशलाई लोकतान्त्रिक बनाउन असाधारण योगदान गरेको बताए । प्रधानमन्त्रीले आफूले २१ साल देखि समादत प्राप्त गर्नेहरुलाई शहिद घोषणा गरेको जानकारी पनि समारोहमा दिए ।

फाइल तस्बिर

फाइल तस्बिर

महाधिवेशन कर्मकाण्डी बन्न नहुने उनको भनाइ छ ।

ओलीले विकाश निर्माणको प्रश्नमा र राष्ट्रिय एकताका काममा सबैसँग मिलेर अघी बढ्न चाहेको बताउँदै कांग्रेसले सुझबुझपूर्ण निर्णय गर्नु पर्ने बताए ।

महाधिवेशनस्थलमा देउवा र पौडेलले हात मिलाएनन्

मधेश आन्दोलनबारे बोल्न चाहन्न- नीतिश कुमार

देश आर्थिक उन्नतीको चरणमा प्रवेश गर्दै गरेको भन्दै ओलीले त्यसै अनुसार दलहरुको ब्यवहार बदलिनु पर्ने भन्दै कांग्रेस एमाले बढी जिम्मेवार बन्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले विदेशी पाहुनाहरुलाई सम्बोधन गर्दै अंग्रेजी भाषामा भाषण गरेपछि मञ्च बाहिरबाट हुटिङ भएको थियो ।