१४ मङ्सिर,विराटनगर । नेपाली किशोरीलाई भारतमा लगेर बेच्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गका अनुसार यसरी पक्राउ पर्नेमा तेह्रथुम जिल्ला घर भई विराटनगर–१५ मा डेरा गरी बस्ने रन्जिता भन्ने राधिका बिक, मकवानपुर जिल्ला घर भई सोही स्थान बस्ने प्रकाश शिवाकोटी र उनकी श्रीमती मनिषा शिवाकोटी रहेका छन् ।

उनिहरुले नेपाली किशोरीलाई भारतको दिल्ली, पन्जाब जस्ता सहरमा जबरजस्ती यौन व्यवसायमा लगाउने गरेका थिए ।

उनीहरुले किशोरीलाई घरेलु काममा लगाइदिने भन्दै भारतको विभिन्न शहरमा बेचबिखन गर्ने गरेका थिए ।