२० माघ, सोल ।

विकाश श्रेष्ठ ।

दक्षिण कोरियामा एक नेपाली चेलीको निधन भएको छ । विगत केही वर्षदेखि दक्षिण कोरियामा बस्दै आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको बुधबार बिहान निधन भएको हो ।

उनी डेढवर्षदेखि बोनम्यारो अभाव भएपछि सुवनस्थित आजु अस्पतालमा उपचाररत थिइन् । केही दिनदेखि बेहोस अवस्थामा रहेकी डोल्मालाई आज बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । बोनम्यारो किन्नका लागि शेर्पालाई आर्थिक अभाव समेत हुँदै आएको थियो ।

Dolma Sherpa Korea

श्रीमान विदेशिएर नफर्केपछि आफ्नो बालबच्चाको भविष्यको लागि विवाह भिषामा कोरिया गएकी शरीरमा रगत उत्पादन गर्ने बोनम्यारो अभाव हुन थालेको थियो । अभावका बीच यसकै कारण अहिले आएर उनको निधन हुन पुगेको छ ।