५ फागुन, भद्रपुर ।

१२ औं सागको फुटवल स्वर्ण विजेता नेपाली राष्ट्रिय टिम भारतबाट झापाको भद्रपुर आइपुगेको छ । नेपालको भूमि प्रवेश गर्नासाथ नेपाली टोलीलाई झापामा भव्य स्वागत गरिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा काँकडभिट्टामा सयौं नेपालीले लामबद्ध भएर नेपाली टोलीलाई फूलको गुच्छाले स्वागत गरेका छन् ।

Jhapa Swagat Tyari

तस्विर साभारः विविसी नेपाली सेवाको फेसबुक पेज

नेपाल भारत सीमाको मेची पुलमै पुगेर समर्थकहरुले खेलाडीहरुलाई स्वागत गरेका हुन् ।

काठमाडौंका लागि उड्नु अघि नेपाली विजेता टोलीलाई झापाका धुलाबारी, विर्तामोडा, चन्द्रगढी लगायतका बजारमा नगर परिक्रमा गराउन लागिएको छ ।

भारतीय भूमिमा भारतलाई हराउने २३ वर्ष अघिको त्यो कसम !

नेपाली विजेता टिम दिउसो करिव ३ बजेतिर नेपाली टिम काठमाडौं आउने छ ।

सागमा फुटवलको स्वर्ण विजेता टोलीलाई काठमाडौंमा भव्य स्वागतको तयारी भैरहेको छ । सँधै खेलाडीलाई बालुवा बोक्ने ट्रिपर/ट्रकमा चढाइएको भनेर आलोचना भएपछि यस पटक खेलाडीहरुले ट्रकबाट नभएर नेपाली सेनासँग रहेका खाली भाग भएका गाडी चढ्न पाउने भएका छन् ।

football saag nepal wins

सेनाको ब्याण्ड टोली समेत उक्त टोलीलाई स्वागत गर्न तैनाथ रहने छ ।

स्वागत र नगर परिक्रमा रुट

स्वर्ण पदक विजेता नेपाली फुटबल टोलीलाई काठमाडौंका विभिन्न स्थानको नगर परिक्रमा गराइने छ । त्रिभुवन विमानस्थल देखि तिलगंगा, गौशाला चोक, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी, पुलतीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धरा, न्यूरोड गेट, बीर अस्पताल, भोटाहिटी, जमल, केशर महल, नारायणहिटी संग्राहलय हुदै पुरानो बसपार्क घुमेर भद्रकाली हुँदै शहिद गेटको बाटो त्रिपुरेश्वरस्थित दरबारथ रंगशालामा पुगेर यो शोभा यात्रा सकिने छ ।

सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले उपाधि उचाल्दा नेपालीहरुको शीर गौरवले उचो भएको छ ।

नाकाबन्दी गरिरहेको भारतलाई पराजित गरोस् भन्ने नेपाली मानसिकता र सामरिकरुपमा निक्कै चासोका साथ हेरिएको खेलमा भारतलाई हराउँदा नेपालीहरु दंग छन् । यसैकारण पनि खेलाडीको काठमाडौंमा भव्य स्वागत हुनेछ ।

ओली भारत भ्रमणका गोप्य ३ एजेण्डा !

नेपालसँग भारत पराजित भएपछि भारतीय मिडियाको प्रतिक्रिया